
प्रधानमन्त्री कप महिला क्रिकेट इटहरीमा हुने, विजेताले ५ लाख पाउने
Read Time:1 Minute
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुनसरीको इटहरीमा आयोजना हुने भएको छ। टि–२० फर्म्याटमा हुने प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान०को आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा हुने छ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रसतियोगितामा एक विभागीय टिम र ७ प्रदेश गरी ८ टिम सहभगाी हुने छन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउने क्यानले जनाएको छ। यस्तै, उत्कृष्ट खेलाडीले ३० हजार र विधागत उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउने छन्।
१ करोड १३ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम क्यानले व्यहोर्ने बताइएको छ।