पिएम कप क्रिकेटमा मधेशको पहिलो जित

25 Dec, 2023

काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा मधेश प्रदेशले पहिलो जित हात निकालेको छ। सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित हात पारेको हो।

मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९।४ ओभरमा ८५ रनमा अलआउट भएको हो ।

गण्डकीका लागि सुमन खतिवडाले ३३ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ४२ रन बनाइन्। यस्तै, सृष्टि जैशीले ३४ बलमा १ चौकासहति १५ रन बनान्। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। मधेशका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् ्।

पहिला ब्याटिङ गरेको मधेसले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनायो। उसका लागि ओपनर पुजा महतोले ४३ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३८ रन बनाइन्। यस्तै, सरस्वती चौधरीले २६ र प्रतिमा साहले १० रन बनाइन्।

गण्डकीको लागि सुमन खतिवडाले सर्वाधिक ३ विकेट लिइन्। कुसुम गोदार र सृष्टि जैशीले समान १ विकेट लिए।