पिएम कप महिला क्रिकेट : उपाधिका लागि प्रदेश १ र सुदुरपशिचम भिड्ने

Read Time:1 Minute

सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराएसँगै प्रदेश १ ले सुदूरपश्चिमसँगको उपाधि भीडन्त पक्का गरेको हो।

आजै भएको खेलमा सुदुरपश्चिम मधेश प्रदेशलाई ११४ रनको फाराकिलो अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। फाइनल शनिबार हुनेछ।

एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । कप्तान रुविना क्षेत्रीले अविजित २० रन बनाउँदा काजल श्रेष्ठले ९ र अप्सरी बेगमले अविजित ९ रन जोडिन् । एपीएफकी नेरी थापाले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निकै कमजोर ब्याटिङ गर्दा १३.४ ओभरमा ४५ रनमै अलआउट भयो। राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहेको एपीएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक १० रन बनाइन् । बाँकी कसैले पनि दोहोरो अंकको रन बनाउन सकेनन् ।

एपीएफलाई सस्तैमा समेट्न प्रदेश १ का लागि सीता राई र एलिशा खडियाले समान ३ विकेट लिए। संगीताले ४ ओभरमा २ मेडन राख्दै ९ रन खर्चिन् भने एलिशाले ४ ओभरमा ९ रन अर्चिन् । यस्तै सवनम राईले २ विकेट लिइन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पक्राउ परे बार्सा लिजेन्ड ड्यानी अल्भेस
Next post कोपा डेल रेको क्वार्टरफाइनलमा रियल र एट्लेटिको भिड्ने
Close