प्रीतिले जोर्डनमा व्यवसायिक फुटबल खेल्ने

28 Jul, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार मिडफिल्डर प्रीति राईले जोर्डनमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्।

उनी जोडर्नको क्लब अल इत्तिहाद आबद्ध भएकी छिन्। त्यसका लागि प्रीति केही दिनअघि नै जोडर्न पुगिसकेको बताइएको छ।

तर, अल इत्तिहादले भने प्रीतिलाई सार्वजनिक गरेको छ्रन। प्रीतिलाई एएफसी च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका अनुबन्धन गरेको हो।

जोर्डनको प्रो लिग खेल्ने अल इत्तिहाद ५ वर्षअघि मात्र स्थापना भएको हो। सन् २०२३ र २०२४ को लिग च्याम्पियन यो क्लबले गतवर्ष पनि एफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरण खेलेको थियो।

२० वर्षीया प्रीतिको यो दोस्रो विदेशी क्लब हो। यसअघि उनले किक स्टार्सबाट इन्डियन वुमेन्स लिग खेलेकी थिइन्।