पाकिस्तान सुपर लिगमा बिकेनन् नेपाली खेलाडी

14 Jan, 2025

पाकिस्तान सुपर लिगको नयाँ सिजनका लागि सोमबार राति भएको खेलाडी ड्राफ्टमा नेपाली खेलाडी बिक्न असफल भएका छन्।

खेलाडी ड्राफ्टको सूचीमा ७ नेपाली क्रिकेटर रहे पनि उनीहरुमाथि कुनै क्लबले पनि चासो देखाएनन्।

पिएसएलको ड्राफ्टको सूचमा सन्दीप लामिछाने डायमन्ड क्याटेगोरीमा थिए भने अन्य ६ खेलाडी दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, देव खनाल, आसिफ सेख र अर्जुन साउद सिल्भर क्याटेगोरीमा थिए।

पाकिस्तान सुपर लिगमा अहिलेसम्म सन्दीप बाहेक कुनै पनि खेलाडी बिक्न सकेका छैनन्। सन्दीपले सन् २०१८÷१९मा पिएसएल खेलेका थिए। त्यसयता उनी पनि ड्राफ्टमा बिक्न सकेका छैनन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]