पीएसएलको उपाधि इस्लामावाद युनाइटेलाई

19 Mar, 2024

पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । अन्तिम बलमा २ विकेटको रोमाञ्चक जित निकाल्दै इस्लामावाद युनाइटेडले उपाधि जितेको हो। इस्लामाबाद युनाइटेडको यो तेस्रो पीएसएल उपाधि हो।

इस्लामाबादले २०१६ मा प्रतियोगिताको पहिलो उपाधि नै जितेको थियो । त्यसपछि सन् २०१८ मा पनि च्याम्पियन बनेको थियो । इस्लामाबाद तीनवटा पीएसएल ट्रफी जित्ने एक मात्र टोली हो । लाहोर कलन्दर्सले दुई पटक पीएसएलको उपाधि जितेको छ । टोली २०२२ र २०२३ मा च्याम्पियन बनेको थियो । मुल्तान सुल्तान टोलीले २०२१ मा उपाधि जितेको थियो।

सोमबार राति भएको खेलमा मोहमद रिजवानको टोली मुल्तान सुल्तानले पहिला ब्याटिङ गर्दै १५९ रन बनाए पनि उपाधि जित्न सफल भएन्।

मुल्तानले २०ले दिएको १६० रनको लक्ष्य इस्लामाबादले अन्तिम बलमा ८ विकेट गुमाउँदै भट्टायो। उसका लागि मार्टिन गप्टिले अर्धशतकीय योगदान दिए। उनले ३२ बलमा ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए।

यस्तै, विकेटकिपर ब्याट्सम्यान आजम खानले २२ बलमा ३० रन बनाउँदा इमद वासिमले १९ रन बनाए। मुल्तानका खुसदील साह र इफ्तिकर अहमदले २–२ विकेट लिए ।

पहिला ब्याटिङ गरेको मुल्तानले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १५९ रन बनायो। १२७–९को अवस्थामा रहेको मुल्तानका लागि इफ्तिखरले अन्त्यमा उत्कृष्ट ब्याटिङ गर्दै सम्मानजनक योगफल बनाए।

इफ्तिखरले २० बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ३२ रन बनाए। त्यसअघि उस्मान खानले ४० बलमा ५७ रनको इनिङ खेलेका थिए।

मुल्तानको इनिङ धरासायी बनाउने क्रममा इस्लामावादका इमद वासिमले ५ विकेट लिए । उनले ४ ओभरमा २३ रन मात्र खर्चिए। इमद पिएसएलको फाइनलमा ५ विकेट लिने पहिलो बलर बनेका छन्। यस्तै, सादब खानले ३ विकेट लिए।

प्रतियोगिताभर बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेक सादब प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने।