बुमराहजस्तै बन्ने पूजाको चाहना

24 Jan, 2025

नेपाली यू–१९ महिला टिमले विश्वकपको यात्रा जितका सात अन्त्य गरेको छ। मलेसिया जारी प्रतियोगितामा यसअघि नै सुपरमा पुग्न असफल भएको नेपालले प्लेअफमा घरेलु टोली मलेसियामाथि ७ विकेटको जित निकाल्यो।

नेपालको जितमा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन्। उनले बलिङमा ४ विकेट लिइन् भने ब्याटबाट २३ रन बनाइन् । उनी खेलको प्लेअर अफ दी म्याच बनिन्।

प्लेअर अफ दी म्याच बनेपछि अवार्ड लिएपद्धि पूजाले भारतीय फास्ट बलर जस्प्रित बुमराह जस्तै बन्ने चाहना भएको बताइन्। उनले भनिन्, ‘बुमराह निकै मनपर्छ, त्यस्तै खालको बलिङ गर्ने प्रयास गर्छु। म लेडी बुमराह हुन चाहन्छु।’

यस्तै, उनले देशका लागि धेरैभन्दा धेरै राम्रो प्रदर्शन गर्न सधैं प्रयास गरिरहने बताइन्। ‘कप्तान भएपछि मैले अगाडिबाट टिमलाइृ लिड गर्नुपर्छ, त्यही गरिरहेको छु जस्तो लाग्छ,’ उनले भनिन्।

उनले आगामी दिनमा नेपालका लागि आझ राम्रो गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मलेसियाविरुद्ध प्राप्त जित नै विश्वकप यात्राको सबैभन्दा राम्रो क्षण भएको उनले बताइन्। ‘हाम्रा लागि प्रतियोगिताको सुखद अन्त्यका अवसर थियो, हामीले त्यही ग¥यौं। यो सबैभन्दा खुसीको क्षण हो।’

विश्वकपको समूह डीमा रहेको नेपाल समूहका तीनै खेलमा पराजित भएसँगै सुपर सिक्समा पुग्न असफल भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]