राहुल द्रविड बने राजस्थान रोयल्सको मुख्य प्रशिक्षक

5 Sep, 2024

भारतीय टिमका पूर्वक्रिकेटर तथा प्रशिक्षक राहुल द्रविड अब आईपिएलमा प्रशिक्षकका रुपमा देखिने भएका छन्। यसै वर्ष टि–२० विश्वकप दिलाए भारतीय टिमको प्रशिक्षकबाट राजीनामा दिएका द्रविड राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनेका छन्।

यसअघि नै खेलाडी र मेन्टरका रुपमा टिममा काम गरिसका द्रविडलाई राजस्थानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। दुवैबीच सम्झौता भइसकेको छ।

द्रविड सन् २०१२ र २०१३ मा राजस्थानको कप्तानी गरेका थिए भने सन् २०१४ र २०१५ मा निर्देशक तथा मेन्टरको थिए।

द्रविड मुख्य प्रशिक्षक बनेसँगै यसअघि मुख्य प्रशिक्षक रहेका कुमारा सांगाकारा क्रिकेट निर्देशक बनेकाछन्। यस्तै विक्रम राथोर सहायक प्रशिक्षक बनेका छन्। उनी भारतीय टिममा पनि दव्रिडको सहायक नै थिए।

दव्रिडले आफ्नो प्रशिक्षणमा २०१८ मा यू–१९ विश्वकप र यसै वर्ष टि–२० विश्वकप उपाधि दिलाएका छन्। उ

नले आईपिएपल टिम दिल्ली क्यापिटल्स र एसिएमा पनि मुख्य प्रशिक्षकका रुपमा काम गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]