विश्वकप जितेसँगै रोहित र विराटले लिए टि–२० बाट सन्न्यास

30 Jun, 2024
Share:
117 Shares

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन्।

शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्षपछि टि–२० विश्वकप च्याम्पियन बनाएसँगै दुवैले आफूहरुको यो अन्तिम टि–२० अन्तर्राष्ट्रिय खेल भएको बताए। योसँगै टि–२० क्रिकेटमा रोहित–विराटको एरा समाप्त भएको छ।

विराटको ब्याट प्रतियोगितार भर शान्त रह्यो। तर, फाइनलमा भनेको ब्याट गज्जबले चल्यो। उनले ५९ बलमा ६ चौका र २ छक्का मद्दतमा ७६ रन बनाए। यो सँगै उनी प्लेअर अफ दी फाइनल पनि बने।

प्लेअफ अफ दी फाइनलको अवार्ड लिँदै विराटले टि–२० अन्तर्राष्ट्रियबाट विदा लिने घोषणा गरे। विराटले नयाँ खेलाडीलाई ठाउँ छाड्ने यो भन्दा उपयुक्त समय कुनै नहुने बताए।

सन् २००७मा पहिलो टि–२० विश्वकप जित्दा टिमको हिस्सा नरहेका कोहली टि–२० विश्वकपका सर्वश्रेष्ठ व्याट्सम्यान हुन्। उनले ब्याटिङका अधिकांश रेडर्क आफ्नो नाममा लेखाएका छन्।

१७ वर्ष लामो टि–२० करिअरमा ११७ इनिङ खेल्दै १ शतक र ३८ अर्धशतक मद्दतमा विराटनले ४१८८ रन बनाएका छन्। टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने सूचमा उनीभन्दा अघि रोहित शर्मा मात्र छन्। उनको एभरेज ४८.६९को छ।

यता, कप्तान रोहित शर्माले पोस्टम्याच कन्फ्रेसका क्रममा टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरे। पत्रकारको प्रश्नमा उनले यो आफ्नो अन्तिम टि–२० अन्तर्राष्ट्रिय भएको बताए।

लागतार ९ टि–२० विश्वकप खेलेका रोहितले टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले १५९ खेलको १५१ इनिङमा ५ शतक र ३२ अर्धशतक मद्दतमा ४२३१ रन बनाएका छन्। उनको स्ट्राइक रेट १४०.८९ र एभरेज ३२.०५को छ।

टि–२० अन्तर्राष्ट्रियबाट सन्नयास लिए पनि रोहित र विराट दुवैले एकदिवसीय र टेस्ट क्रिकेटमा भारतीय टिममा हुनेछन्।

अब सम्भवतः टि–२०मा भारतीय टिमको कप्तानी हार्दिक पाण्ड्या र एकदिवसीय र टेस्टको कप्तानी रोहित शर्माले गर्ने छन्।