
कप्तानी पारी खेलेका रोहित भन्छन्- मैदान अभ्यस्त भएकाले सफलता मिल्यो
आईसिसी विश्वकप लिग २ अन्तर्गतस्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। सिरिजको अन्तिम खेलमा कप्तान रोहितकुमार पौडेललेको कप्तानी इनिङ मद्दतमा स्कटल्यान्डलाई हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो।
सिरिजभर उत्कृष्ट प्रदर्शन गरेका रोहित प्लेयर अफ दी सिरिज पनि भए । खेलपछि रोहितले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको प्रतिक्रिया दिएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटमा रोमाञ्चक जितपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको बताए ।
नेपाललाई रोमाञ्चक जित दिलाएपछि कप्तान रोहितले आफूलाई निकै राहत मिलेको बताए । यही श्रृंखला क्लिन स्विप भएपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको बताए ।
उनले यूएईमा हुन लागेको अर्को श्रृंखलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको बताए । यस्तै दुबईमा हुने श्रृंखलाका लागि खेलाडीको विषयलमा छलफल भइरहेको पनि जानकारी दिए ।