सन्दीपको आगमनपछि टिम थप बलियो भएको छ, खेल जित्ने अवसर हुनेछ : कप्तान रोहित

11 Jun, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्।

आईसीसी टि–२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले वेस्ट इन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए।

‘वेस्ट इन्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, (सन्दीप)दाइको टि–२० मा । अब राम्रो हुनेछ,’ कप्तान पौडेलले भने।

अमेरिकाले भीसा नदिँदा सुरुआती दुई गुमाएका सन्दीपले वेस्टयन्डिजमा हुने दुई खेल खेल्नेछन्। त्यसका लािग सन्दीप वेस्टइन्डिज पुगिसकेका छन्। सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने छन्।