रोहित भन्छन्– टिमले आज जसरी खेल्यो त्यसमा गर्व छ

15 Jun, 2024
Share:
117 Shares

नेपाली क्रिकेट टिम जारी टि–२० विश्वकपमा पहिलो जित नजिक पुगेर पनि पराजित भएको छ। शनिबार बिहान सेन्ट भिसेन्टमा भएको खेलमा नेपाली टिम टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो।

खेलमा नेपाली टिमले बल र ब्याट दुवै उत्कृष्ट प्रदर्शन गरेको थियो। तर, नेपाली ब्याट्सम्यान फिनिसिङ टस दिनबाट चुके।

जित नजिक पुगेर पराजित भएपछि नेपाली टमका कप्तान रोहितकुमार पौडेलले हारका बाबजुज टिमप्रति गर्व महसुस भएको बताएका छन्।

‘आज हामीले जुन तरिकाले बलिङ र ब्याटिङ ग¥यौं, त्यसमा मलाई गर्व महसुस भएको छ,’ पोस्टम्याच कन्फ्रेन्समा बोल्दै उनले भने, ‘मलाई लाग्छ, हामी जितका नजिक थियौं, तर अन्त्यमा केही टाढा रहन पुग्यौं।’

अघिल्ले दिन पिच हेर्दा ‘पिच स्लो’ भएको र स्पिनरलाई मद्दत गर्ने अनुमान गरिएको उनले बताए। ‘जब हामीले बलिङ सुरु ग¥यौं, पिचले स्पिनरलाई मद्दत गरेको जस्तो लाग्यो, त्यसैले हामीले स्पिनर आक्रमणमा जोड थियौं। त्यो सफल भयो,’ उनले भने।

खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोकेको थियो। जसमा सातै विकेट स्पिनरले लिएका थिए। पार्टटाइम लेगस्पिनर कशुल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

रोहितले ठूला टिमहरुसँग अझै खेल्न पाउने हो भने अझै राम्रो नतिज ल्याउन सक्ने बताए। ‘बलियो टिमविरुद्ध हामीले अन्तिमसम्म फाइट ग¥यौं, हामीले आजका खेलजस्तै अझै धेरै एक्सपोजर पायौं भने नतिजा आफ्नो पक्षमा ल्याउन सक्छौं,’ कप्तान रोहितले भने।

साथै रोहितले फ्यानहरुलाई सापोर्टका पनि धन्यवाद दिए। प्रतिकुल मौसमका बाबजुल लामो यात्रा तय गरेर फ्यानलहरुले आफूलाई सपोर्ट गरेको उनले बताए।

नेपालले यही मैदानमा समूहको अन्तिम खेल जुन १७मा बंगलादेशसँग खेलनेछ।