वेस्टइन्डिज एविरुद्ध रोहितको अर्धशतक, नेपालको आशा कायमै

2 May, 2024

नेपाली टिमका कप्तान रोहितकुमार पौडेल उत्कृष्ट फर्ममा छन्। वेस्टइन्डिज एविरुद्ध घरेलु मैदानमा जारी सिरिजका ४ मध्ये ३ खेल खेलका रोहितले १ शतक र २ अर्धशतक बनाएका छन्।

जारी चौथो खेलमा पनि रोहितले अर्धशतक प्रहार गरेका छन्। २१० रनको ठूलो लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ११औं ओभरको पहिलो बलमा गुडाकेश मोतीलाई छक्का प ्रहार गर्दै अर्धशतक बनाएका हुन्। उनले ३४ बलमा २ छक्का र ६ चौका प्रहार गरेका छन्।

रोहितको अर्धशतकसँगै नेपालको जितको आशा कायमै छ। उनलाई दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन्।

ताजा अवस्थामा नेपाल १२ ओभरको समाप्तिमा १०१÷४को अवस्थामा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]