श्रीलंकासँगको खेलअघि रोहित भन्छन्– हामीभन्दा बढी श्रीलंका दबाबमा छ

11 Jun, 2024

टि–२० विश्वकपमा आमने सामने हुँदा नेपाललाई भन्दा श्रीलंकालाई दबाब हुने कप्तान रोहित पौडेलले बताएका छन्। श्रीलंकाविरुद्ध बुधबार बिहान हुने खेल अघि रोहितले यस्तो भनाइ राखेका हुन्।

उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए। उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताए।

‘श्रीलंका टिम राम्रो छ, हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई। धेरैजसो डट बल भइरहेको छ । १४० बनाउनसक्यो भने जित्ने सम्भावना हुन्छ,’ उनले भने, ‘सुरुआती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ। हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ।’

कप्तान रोहितले जारी प्रतियोगिमा अप डाउन भइरहेका प्रेसरलाई सहेर खेल्ने टिमले जित्ने बताए।

श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ । नेपाल पनि पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । एक साताको विश्रामपछि नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो ।

सुपर ‘एट’ मा प्रवेशको समीकरणको हिसाबमा दुवै टोलीलाई हारको छुट छैन। श्रीलंकालाई नेपाल र नेदरल्यान्ड्सविरुद्धको बाँकी दुई खेलको विजय पनि दोस्रो चरणमा पुग्न पर्याप्त नहुन सक्छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]