राेमाञ्चक खेलमा गुजरातमाथि राजस्थानकाे जित, जयसवाल, जुरेल र विस्नाेइकाे उत्कृष्ट प्रदर्शनमा

5 Apr, 2026

आईपीएलमा राजस्थान रोयल्सले लगातार दाेस्राे जित निकालेकाे छ। शनिबार राति अहमदाबादमा भएकाे राेमाञ्चक खेलमा राजस्थानले गुजरातलाई ६ रनले हरायाे।

राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनायो । एक समय ११औं ओभरमा १०७-१ को अवस्थामा भएको गुजरातले त्यसपछि ५४ रनको बीचमा ६ विकेट गुमाएर १६१-७ को अवस्थामा पुगेको थियो ।

त्यहाँबाट राशिद खान र कगिसो रबाडा मिलेर ४३ रनको साझेदारी गर्दै जितको नजिक पुर्‍याएपनि पर्याप्त भएन । अन्तिम २ ओभरमा १५ रन चाहिँदा जोफ्रा आर्चरले ४ रन मात्र दिए भने अन्तिम ओभरमा तुषार देशपान्डेले पनि ४ रन मात्र दिएर राशिदलाई आउट गरे ।

ओपनर साइ सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जस बट्लरले २६ रन बनाए भने राशिद खानले २४ रन बनाउँदा कगिसो रबाडाले अविजित २३ रन बनाए ।

राजस्थानका लागि रवि बिश्नोईले ४ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । नान्द्रे बर्गर, तुषार देशपान्डे र रियान परागले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो । ध्रुव जुरेलले ४२ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

ओपनरद्वय यशश्वी जैसवालले ५५ तथा वैभव सूर्यवंशीले ३१ रन बनाए । शिम्रोन हेटमायरले १८ रन बनाए ।

गुजरातका लागि कगिसो रबाडाले २ विकेट लिँदा प्रसिध कृष्णा, अशोक शर्मा, राशिद खान र मोहम्मद सिराजले १-१ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्षस्थानमा फर्किएको छ । लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहेर सातौं स्थानमा छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]