भारतीय कम्पनी केआई स्पोर्ट्सले गर्‍यो रुबिनालाई प्रायोजन

खेल सामाग्री उत्पादन गर्ने भारतीय कम्पनी केआई (खेले इन्डिया) स्पोर्ट्सले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीलाई प्रायोजन गरेको छ। कप्तान रुबिनालाई केआई स्पोर्ट्सले १ वर्षका लाथि प्रायोजन गरेको हो।

अब एक वर्षसम्म रुबिनाले केआइ स्पोर्ट्सकै खेल सामग्री प्रयोग गर्ने छिन्। रुबिनाले केआई स्पोर्ट्सको प्रचार प्रसार समेत गर्ने छिन् । त्यसवापत उनले छुट्टै रकम पाउने छिन्।

केआई स्पोर्ट्सँग झौता गरेपछि रुबिनाले केआई स्पोर्ट्सका गियर र सुविधाहरुबाट आफू सन्तुष्ट रहेको बताएकी छिन् । उनले महिला क्रिकेटलाई प्राथमिकता दिएकोमा म लेभिन स्पोर्ट्सलाई धन्यवाद दिएकी छिन्।

खेलकुद म्यानेजमेन्ट कम्पनी लेभिन स्पोर्ट्सले नै रुविनालाई केआई स्पोर्ट्ससँग जोड्न मुख्य भूमिका खेलेको थियो।

Facebook Comments Box