
ओडिआईमा सागर ढकालको पहिलो विकेट
Read Time:1 Minute
नेपाली स्पिनर सागर ढकालले एकदिवसीय क्रिकेटमा विकेटको खाता खोलेका छन्। युएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पिएनजीविरद्धको खेलमार्फत एकदिवसीय क्रिकेटमा डेब्यू गरेका उनले युएईविरुद्ध विकेट लिएका हुन्।
सारजाहमा जारी खेलमा सागरले विशाल हमीदलाई क्लिन बोल्ड गर्दै एकदिवसीय क्रिकेटमा विकेटको खाता खोले । ४ ओभर बलिङ गरेका उनले १३ रन खर्चिएर १ विकेट लिए । एकदिवसीयको डेब्यू खेलमा भने सागर विकेटबिहीन भएका थिए।
घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि सागरले गत महिला भएको ओमान भ्रमणमार्फत टि–२० आईमा पनि डेब्यू गरेका थिए।
युएईविरुद्ध नेपालले जितका लागि १६९ रनको लक्ष्य पछ्याइरहेको छ।