सागरले लिए एकै ओभरमा २ विकेट, नेपालकाे उत्कृष्ट सुरुआत

28 Apr, 2024


वेस्टइन्डिज एविरुद्धको दोस्रो टि–२० खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ। सागरले एककै ओभरमा २ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका हुन्।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजलाई स्पिनर सागर ढकालले झड्का दिए।

सागरले तेस्रो ओभरको दोस्रो बलमा एलिक एथानजलाई कुशल मल्लबाट बाउन्ड्रीमा क्याच गराए भने पाँचौं बलमा विश्वकप विजेता जोन्सन चार्ल्सलाई क्लिन बोल्ड गरे।

यो सँगै तीन ओभरको समाप्तिमा वेस्टइन्डिज १८–२को अवस्थामा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]