शाकिबलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध लगाउन माग

26 Aug, 2024
Share:
117 Shares

बंगलादेशी क्रिकेटका पूर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटबाट तत्काल प्रतिबन्ध लगाउन बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी)लाई आइतबार कानुनी नोटिस पठाइएको छ रफिकुल इस्लामका वकिलले बोर्डसामु यो माग राखेका हुन्।

इस्लाम गार्मेन्ट कारखानाका मजदुर रुबेलका बुबा हुन् र उनले आफ्नो छोराको हत्यामा अल हसनको हात रहेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री सेख हसिनाविरुद्ध चलेको आन्दोलनका त्रममा रुबेलको हत्या भएको थियो।

त्यस आरोपमा १ सय ४७ जनाविरुद्ध मुद्धा दायर गरिएको छ र त्यसमा एक जना हसन पनि रहेका छन्। उनी अहिले पाकिस्तान भ्रमणमा रहेको बंगलादेशी टिममा रहेका छन्।

अल हसन हसिनाको अवामी लिगसँग पनि आबद्ध थिए र सांसद पनि रहेका थिए।

उनले रावलपिन्डीमा भएको टेस्टमा बंगलादेशलाई दश विकेटले विजयी दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

सकिब अहिले बंगादेशको टिमसँगै पाकिस्तान भ्रमणमा छन्। बंगलादेशले पहिलो टेस्टमा पाकिस्तानलाई हराएको छ। बंगलादेशले पहिलो पटक टेस्ट क्रिकेटमा पाकिस्तानलाई हराएको हो।