एकदिवसीय विश्वकपपछि भारतीय टिममा फर्किए सामी

12 Jan, 2025
Share:
117 Shares

फास्ट बलर मोहम्मद सामीले भारतीय टिममा पुनरागमन गरेका छन्। 

बिसिसिआईले सामीलाई समेट्दै इंग्ल्यान्डविरुद्धको टि–२० सिरिजका लागि १५ सदस्यीय टिम घोषणा गरेको छ। ५ खेलको टि–२० सिरिजमा भारतीय टिमको कप्तानी सूर्यकुमार यादवले गर्ने छन् भने भने उपकप्तानको जिम्मेवारी अक्षर पटेललाई दिइएको छ।

सन् २०२३मा घरेलु मैदानमै भएको एकदिवसीय विश्वकपपछि पहिलो पटक सामी भारतीय टिममा परेका हुन्। विश्वकप सकिएलगत्तै सामी घाइते भएका थिए। 

चोटका कारण उनी अघिल्लो २ महिनाअघि बाट मात्रै मैदान फर्किएका थिए। उनले सैयद अली मुस्तक ट्रफी र विजय हजारे ट्रफी खेलेका थिए। 

उनी अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको बीचमै सामी भारतीय टिममा पर्ने चर्चा थियो। तर, एनसिएले अनुमति नदिएपछि उनी टिममा परेका थिएनन्।

योसँगै सामी अर्को महिनाबाट सुरु हुने च्याम्पिन्स ट्रफीको टिममा पनि पर्ने सम्भावना बढेको छ।

इंग्लयन्डविरुद्धको सिरिजका लागि भारतीय टिममा सूर्या, अक्षर र सामीसँगै ओपनरका रुपमा सञ्जु सामसन, अविशेक शर्मा छन् भने विकेटकिपरका रुपमा सञ्जुसँगै ध्रुव जुरेलले स्थान बनाएका छन्। 

यस्तै, टिममा तिलक बर्मा, रिंकु सिंह, हार्दिक पाण्ड्या, नितिशकुमार रेड्डी, वासिङ्टन सुन्दर, हर्षित राना, अर्षदीप सिंह, रवि विस्नोइ र वरुण चक्रावर्ती छन्। 

शुभमन गिल, यशस्वी जैसावाल र ऋषव पन्तले भने टिममा छैनन्। यस्तै, दक्षिण अफ्रिकाविरुद्धको टि–२० सिरिज खेलेका रमनदीप सिंह, जितेश शर्मा, आवेश खान, यश दयाल र विजयकुमार वैश्याकले पनि टिममा स्थान बनाउन सकेनन्।

जनवरी २२ देखि फ्रेब्रुअरी २ सम्म हुने टि–२० सिरिज कोलकाता, चेन्नई, राजकोट, पुने र मुम्बईमा हुने्छ। लगत्तै यी दुई टिमबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ।