सनथ जयसूर्या भने श्रीलंकाको मुख्य प्रशिक्षक

8 Jul, 2024
Share:
117 Shares

स्टार पूर्व अलराउन्डर सनथ जयसूर्या श्रीलंकन टिमको अन्तिमरिम मुख्य प्रशिक्षक बनेका छन्। श्रीलंकन क्रिकेट बोर्डले सोमबार जयसूर्यालाई इंग्ल्यान्ड भ्रमणसम्मका लागि मुख्य प्रशिक्षक बनाएको हो।

श्रीलंका तीन टेष्ट खेलको सिरिजको लागि इंग्ल्यान्ड भ्रमणमा जादैछ। पहिलो टेष्ट २१ अगष्टदेखि म्यानचेस्टरमा सुरु हुनेछ। दोस्रो टेष्ट २९ अगष्टदेखि लड्स र तेस्रो टेस्ट ६ सेप्टेम्बरदेखि द ओभलमा सुरु हुनेछ।

जयसूर्याले श्रीलंकाले पाएको अहिलेसम्मकै उत्कृष्ठ अलराउन्डर हुन्। उनले श्रीलंकाका लािग तीनै संरचनामा ५८६ खेलमा २१ हजार ३२ रन बनाउनुको साथै ४४० विकेट लिएका छन्।

उनी पछिल्लो समय श्रीलंका छनोटकर्ता र सल्लाहकारको रुपमा काम गर्दै आएका छन्।

आईसीसी टी–२० विश्वकप २०२४ मा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि श्रीलंका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले पदबाट राजीनामा दिएका थिए।