भरतपुर महानगरद्वारा सन्दीप लामिछानेलाई सम्मान

2 Jul, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ।

एक कार्यक्रमबीच महानगरले सन्दीपलाई नगद एक लाखसहित सम्मान गरेको हो। उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरे।

त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने बताउँदै महानगरले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन्।

उनले भरतपुर महानगरपालिकाले रंगशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताइन्।