पाकिस्तान सुपर लिगको ड्राफ्ट लिस्टमा सन्दीपको नाम समावेश, डायमन्ड क्याटेगोरीमा

11 Jan, 2025

नेपाली क्रिकेटर सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल)को आगामी सिजनको ड्राफ्टका सूचीमा समावेश भएका छन्। यसअघि नेपालका ६ खेलाडीको नाम ड्राफ्टमा सूचमा पर्दा सन्दीपका नाम थिएन।

पिएसएलले शुक्रबार गरेको नयाँ अपटेडमा ड्राफ्टमा सन्दीपमा नाम समावेश भएको छ। सन्दीप ड्राफ्टको डायमन्ड क्याटेगोरीमा छन्।

यो क्याटेरीका खेलाडीका मूल्य न्युनतम ६० हजारदेखि ८५ हजार अमेरिकी डलर रहेको छ। यो क्याटेगोरीमा सन्दीपसहित ४८ खेलाडी छन्।

यसअघि नेपालका गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी ड्राफ्टको लिस्टमा थिए। उनीहरु सबै सिल्भार क्याटेगोरमिा छन्।

पिएसएलको ड्राफ्टमा केही सिजनदेखि नेपाली खेलाडी समावेश भइरहेका छन्। तर, सन्दीप बाहके कोही पनि खेलाडी बिक्न सकेका छैनन्।

आगामी सिजनको पीएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ। पीएसएल २०२५ आगामी अप्रिल(मे महिनामा हुनेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]