बाहिरै बसेर मुद्दा लड्न सन्दीपले पाए अनुमति

22 Feb, 2024

क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्ने अनुमति पाएका छन्। सन्दीपले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध उच्च अदालत पाटन पुनरावेदन दिएसँगै सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका हुन्।

उच्च अदालतमा केही बेरअघि सन्दीपको पुनरावेदन दर्ता भएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सन्दीपले यस्तो अनुमति पाएका हुन्।

जसअनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ । पुनरावेदन सुन्ने अदालतका रजिस्टारले यस्तो अनुमति दिन सक्ने व्यवस्था छ।

पुनरावेदनपछि सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले फैसला चित्त नबुझेर पुनरावेदनमा गएको बताए। जिल्ला अदालतले दोषि ठहर गरे पनि कुनै पनि तथ्य प्रमाणबाट यो पुष्टि हुन नसक्ने उनको भनाइ छ । उच्चले न्याय दिनेमा पूर्ण विश्वास रहेको उनले बताए।