सिपिएलका अन्य खेलाडीसँगै आईपिएल खेल्न सन्दीप युएई जाने

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने ट्रिनिडाड एन्ड टोबागोबाटै आईपिएल खेल्न युएई जाने भएका छन् । सेप्टेमबर १९ बाट युएईमा सुरु हुने १३औं संस्करणको आईपिएलमा सहभागी हुन सन्दीप क्यारेबियन प्रिमियर लिग खेलिरहेका अन्य खेलाडीहरुसँगै युएई जाने छन् ।

आईपिएलमा सहभागी हुने केही खेलाडीहरु अहिले सिपिएल खेलिरहेका छन् । सिपिएलको फाइलन सकिए लगत्तै अन्य खेलाडीसहित सन्दीप पनि युएई जाने सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

सिपिएलको फाइनल आज राति हुँदै छ । त्यसैले अन्य खेलाडीसहित सन्दीप पर्सी युएई प्रस्तव गर्ने सम्भावना छ । युएई पुगेर ७ दिन क्यारेन्टाइन बसेर कोरोना परीक्षण गरिसकेपछि मात्र उनीहरुले टिमसँगै अभ्यासमा सामेल हुन पाउने छन् ।

सन्दीप आईपिएलमा लागतार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । अघिल्ला दुई सिजनमा कमै मात्र खेल्ने मौका पाएका सन्दीपले यो पटक पनि प्लेइङ सेटमा पर्ने सम्भावना निकै कठीन छ । दिल्लीमा रविचन्द्र आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता स्पिनर रहेकाले प्लेइङ सेटमा पर्ने सन्दीपको सम्भावना कम भएको हो ।

दिल्ली २० तारिखमा किंग्स इलाभेन पञ्जावसँग खेल्दै आईपिएलको सुरुवात गर्ने छ । सेप्टेम्बर २५मा दिल्लीले चेन्नई सुपर किंग्ससँग खेल्ने छ भने २९ सेप्टेम्बरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ। यस्तै, अक्टोबर ३मा कोलकाता नाइट राइडर्स, ५ अक्टोरमा रोयल च्यालेन्जर्स बैंग्लोर, ९ अक्टोबरमा राजस्थान रोयल्स र ११ अक्टोबरमा मुम्बई इन्डियन्ससँग खेल्ने तालिका छ ।

जमैका तलाबासबाट सिपिएल खेलेका सन्दीपले उत्कृष्ट प्रर्दन गर्न सफल रहे । उनको टिम सेमिफाइनलबाटै बाहिरिए पनि सन्दीपले ११ खेलमा १२ विकेट लिए । उनी सर्वाधिक विकेट लिनेको सूचीमा पाचौं स्थानमा छ भने जमैकाको दोस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP