आईपिएल खेल्न युएई पुगे सन्दीप

इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्ने नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने युएई पुगेका छन् । क्यारेबियन प्रियिमर लिग खेलेर ट्रिनिडाडा एण्ड टोबाटोबाट सन्दीप अमेरिका हुँदै युएई पुगेका हुन् ।

सन्दीप शनिबार नै युएई पुग्ने कार्यक्रममा भएपनि अमेरिकामा प्लेन छुटेपछि सन्दीप सोमाबार मात्र युएई पुगेका हुन् । सन्दीप सिपिएल खेलका अन्य खेलाडीहरुसँगै युएई पुगेका हुन् । उनी अहिले क्वारेन्टिमा बसेका छन्, र केही दिन पछि कोरोना परीक्षण गराएर टिमसँग सामेल हुने छन् ।

सन्दीप युएई पुगेपछि उनको दिल्ली दिल्ली क्यापिटल्सले सन्दीको होटलको फोटो पोस्ट गर्दै उनलाई स्वागत गरेको छ । उनको यो तेस्रो आईपिएल सहभागिता हो ।

अघिल्ला दुई सिजनमा कमै मात्र खेल्ने मौका पाएका सन्दीपले यो पटक पनि प्लेइङ सेटमा पर्ने सम्भावना निकै कठीन छ । दिल्लीमा रविचन्द्र आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता स्पिनर रहेकाले प्लेइङ सेटमा पर्ने सन्दीपको सम्भावना कम भएको हो ।

दिल्लीले २० तारिखमा किंग्स इलाभेन पञ्जावसँग खेल्दै आईपिएलको सुरुवात गर्ने छ । सेप्टेम्बर २५मा दिल्लीले चेन्नई सुपर किंग्ससँग खेल्ने छ भने २९ सेप्टेम्बरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ। यस्तै, अक्टोबर ३मा कोलकाता नाइट राइडर्स, ५ अक्टोरमा रोयल च्यालेन्जर्स बैंग्लोर, ९ अक्टोबरमा राजस्थान रोयल्स र ११ अक्टोबरमा मुम्बई इन्डियन्ससँग खेल्ने तालिका छ ।’

जमैका तलाबासबाट सिपिएल खेलेका सन्दीपले उत्कृष्ट प्रर्दन गर्न सफल रहे । उनको टिम सेमिफाइनलबाटै बाहिरिए पनि सन्दीपले ११ खेलमा १२ विकेट लिए । उनी सर्वाधिक विकेट लिनेको सूचीमा पाचौं स्थानमा छ भने जमैकाको दोस्रो स्थानमा छन् ।

सेप्टेम्बर १९ बाट सुरु भइ १० नोभेम्बरसम्म चेल्ने प्रतियोगिताको लिग चरणमा १० दिन दुई खेल हुनेछ । एक खेल भएकोवेला राति पौने ८ बजे र दुई खेल भएको दिन पहिलो खेल दिउँसो पौने ४ बजे सुरु हुने छ । प्रतियोगिता युएईका तीन सहरमा बन्द रंगशालामा हुने छ । जसअनुसार दुबईमा २४, अबुधावीमा २० र सारजाहमा १२ खेल हुने छ ।

५३ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमबीच ६० खेल हुने छ । जसमा ५६ खेल समूहचरणमा र ३ प्लेअफ र १ फाइलन हुने छ। आईपिएलको सर्वाधिक सफल टिम मुम्बई इन्डियन्स हो । उसले ४ पटक उपाधि जितेको छ भने चेन्नई सुपर किंग्सले ३ उपाधि जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *