भारतीय पूर्व क्रिकेटरद्वरा सन्दीपको प्रसंशा

युएईका शनिबारबारट सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिए)मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछने पनि खेलिरहेका छन् । उनले लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आईपिएल खेल्दै छन् ।

विश्वभरका फ्रेन्चाइज क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपको चर्चा अहिले सर्वत्र छ । भारतीय क्रिकेट विश्लेषक तथा पूर्व खेलाडीहरुले पनि सन्दीपको प्रसंशा गरेका छन् । उनीहरुले सन्दीपलाई गज्जबको खेलाडी भन्दै युएईको पिचमा जम्ने आँकलन गरेका छन् ।

भर्खरै सम्पन्न क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले पनि सन्दीपको चर्चा चुलिएको हो । उनले जमैका तलावासबाट ११ खेलमा १२ विकेट लिएका थिए ।

कतिपयले दिल्ली रविचन्द्रन आश्विन र अमित मिश्राजस्ता अनुभवी स्पिनर भएकाले सन्दीपलाई प्लेइङ सेटमा पर्न कठीन हुने बताएका छन् । तर, भारतीय पूर्वअलराउन्डर अजित अग्राकरले भने दिल्लीको प्लेइङ सेटमा हुने चार विदेशी खेलाडी मध्ये एक सन्दीप हुने नश्चित भएको बताएका छन् ।

आइतबार साँझ किंग्स इलावेन पञ्जावसँग खेल्दै दिल्लीले आईपिएलको सुरुवात गर्ने छ । आइतबार हुने खेलमा प्लेइङ सेटमा पर्न सन्दीपले आश्विन र मिश्रासँगै कागिसो रबाडा, वेस्ट सिमरन हेटमायर र डानियल स्याम्स, एनरिक नोर्ट्जे, मार्कस स्टोइनिस र किमो पाउलसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

अग्राकरले सन्दीपलाई दिल्लीका लागि ‘ब्रेक थ्रु’ स्टारका रुपमा हेरेका छन् । ‘सन्दीप निकै अब्बल दर्जाका खेलाडी हुन् र उनको उपस्थितिले टिमको प्रदर्शनमा धेरै फरक पर्न सक्छ ,’ अग्राकरले भनेका छन् ।

अग्राकरसँगै भारतीय पूर्व क्रिकेटु दीपदास गुप्ता तथा विश्लेषक आकाश चोपडाले पनि दिल्लीले सन्दीपलाई सुरुवातमै खेलाउनु पर्ने बताएका छन् । उनीहरु नै युवा भएपनि सन्दीप टि–२० क्रिकेटमा निकै अनुभवी भएको बताएका छन् ।

यसैगरी सन् १९८३ को विश्वकप विजेता भारतीय टिमका पूर्वक्रिकेटर सुनिल गावस्करले विश्वभरकै फ्रेन्चाइज क्रिकेट लिग खेलिसकेकाले सन्दीपलाई सुरुवातदेखि नै खेलाउनु दिल्लीका फाइदा हुने बएका छन् । दिल्लीसँग रविचन्द्रन आश्विन, अमित मिश्राजस्ता स्तरीय र अनुभवी स्पिनर भएपनि सन्दीपलाई टिम राख्दा उपयोगी हुने तर्क गावस्करको छ ।

‘उमेरका हिसाबमा सन्दीप युवा नै छन्, तर उनीसँग विभिन्न खाले पिचमा टि–२० क्रिकेट खेलेको अनुभव छ,’ गावस्करले भनेका छन्, ‘अझ उनीसँग युएईको पिचका बारेमा राम्रो ज्ञान छ । उनले युएईको पिचमा थुप्रै खेल खेलिसकेका छन्, त्यसैले उनलाई खेलाउनु उपयुक्त हुन्छ ।’

गावस्करले दिल्लीले तीन स्पिनरका रुपमा रविचन्द्र आविश्वन, अक्षर पटेल र सन्दीपलाई खेलाउनु पर्ने बताएका छन् । गावस्करले युएईको पिचमा मिश्राभन्दा सन्दीप उपयुक्त र अनुभवी खेलाडी भएको पनि बताएका छन् ।

स्पिनर बलिङमा दिल्ली प्रतियोगिताकै सबैभन्दा बलियो छ । युएईको पिचले स्पिनरलाई सहयोग गर्ने भएकाले दिल्ली उपाधि दावेदारका रुपमा हेरिएको छ । दिल्लीको सबैभन्दा बलियो पक्ष बलिङ हो, ऊसँग चार स्तरीय स्पिनर छन् ।

क्रिकेट विश्लेषकहरू के मान्छन् भने यसपल्टको प्रतियोगितामा दिल्लीमा जत्तिको गतिला स्पिनर अन्यत्र छैनन् । यूएईको पिचमा धेरै ‘टर्न’ हुन्छ, त्यसैले यस्तो पिचमा सन्दीप सबैभन्दा उत्कृष्ट विकल्प भएको उनीहरुको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP