सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

28 Apr, 2024

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज पनि हेर्न नभ्याइनेमा राखिएको छ। सन्दीपको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनलले समय अभावका कारण नभ्याइनेमा राखेको हो।

सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो। छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो। यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो।

मुद्दाको सुनवाइमा ढिलाई हुँदा सन्दीपले टि–२० विश्वकप खेल्ने सम्भावना सकिएको छ। मे १ सम्म विश्वकप खेल्ने खेलाडीको लिस्ट बुझाइसक्नु पर्ने भएकाले सन्दीपको विश्वकप खेल्ने सम्भावना सकिएको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]