सन्दीपले द हन्ड्रेड खेल्ने

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुन लागेको नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ खेल्ने भएका छन् । सन् २०२० मै आयोजना हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण १ वर्ष पछि सरेको थियो ।

त्यो बेला सन्दीप ओभल इन्विन्सिबलल्समा आबद्ध थिए । प्रतियोगिताको आयोजना मिति तय नभएपनि ओभल सन्दीपसहित ११ खेलाडीलाई रिटेन गरेपछि उनले प्रतियोगिता खेल्ने पक्का भएको हो ।

ओभल इन्विन्सिबल्सले सन्दीपलाई १ लाख पाउण्डमा किनेको थियो । उनको नेपाली मूल्य १ करोड ४७ लाखभन्दा बढी हुन आउँछ। यो द हन्ड्रेडको सबैभन्दा महँगो मूल्य हो।

ओभलमा इंल्यान्डका राष्ट्रिय टिमका अलराउन्डर साम कुरान मार्की खेलाडीका रुपमा रहेका छन् । सन्दीप, नारिन र एलेनसँगै ओभलले जासन रोए, साम बिलिंग्स, राइली रोस्व, टम कुरान, क्रिस उडलगायत खेलाडी छन् । ओभलको प्रशिक्षकमा मार्क उड रहेका छन् ।

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ ।

‘द हन्ड्रेड’मा बर्मिङघम फिनिक्स, लन्डन स्प्रिट, म्यानचेस्टर ओरिजिनल्स, नर्दन सुपरचार्जर्स, ओभल इन्विन्सिबल्स, साउदर्न ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्स फायर छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.