टियू मैदानमा पहिलो पटक टि–२० सिरिज खेल्न पाउँदा उत्साहित छन् सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिममा टि–२० क्रिकेका सबैभन्दा अनुभवी खेलाडी हुन् सन्दीप लामिछाने । विश्वका सबै ठूलो फ्रेन्चाइच क्रिकेट लिग खेलिसकेका सन्दीपले घरेलु मैदान टियूमा टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलेका छैनन्।

सन्दीपले शनिबार त्रिकोणात्मक सिरिजको नेदल्यान्ड्सविरुद्धको खेलसँगै टियू मैदान पहिलो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्ने छन्। शनिबारको खेलमात्र होइन पुरै सिरिजलाई नै लिएर सन्दीप उत्साहित छन्।

पहिलो पटक घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–२० सिरिज खेल्न उत्साहित रहेको बताउँदै सन्दीपले नेपाली टिम बलियो रहेको बताएका छन्। सन्दीपले सिरिज प्रतिस्पर्धात्मक र राम्रो हुने बताए । उनले भने, ‘सिरिज एकदम राम्रो हुने अपेक्षा छ । तयारी राम्रो भएको छ, र टिम पनि राम्रो छ । ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार भएको छ । त्यसैले रिजल्ट राम्रो आउने अपेक्षा छ।’

‘मैले यहीँबाट राष्ट्रिय टिममा खेल्न सुरु गरेँ, एकदिवसीय सिरिज सिरिज खेलेँ,’ सन्दीपले भने, ‘टि–२० झन् मेरो लागि सुहाउँदो खेल हो । पहिलो पटक टी–२० सिरिज टियू मैदानमा खेल्न पाउँदा उत्साहित छु ।’

नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ । यसअघि २०१९ मा भएको १३ औं सागमा नेपालले टी–२० क्रिकेट खेलेको थियो । जसमा भुटान र माल्दिभ्ससँग खेलेको खेलले टीस्२० मान्यता पाए पनि त्यो सिरिज थिएन ।

त्रिकोणात्मक सिरिज वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ। प्रतियोगिताका सबै खेल दिउँसो १:१५बाट सुरु हुनेछ।

टियू मैदानमा हुने सिरिजको उद्घाटन खेलमा वैशाख ४ गते नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.