अस्ट्रेलियाबाट आज नेपाल फर्कंदै सन्दीप

Read Time:1 Minute

अस्ट्रेलियामा बिग बास लिग खेल्ने पुगेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने आज राति नेपाल आइपुग्ने भएका छन्। बिग बास लिग खेल्नका लागि अस्ट्रेलिया पुगेका सन्दीप बाँकी खेल छाडेर आज नेपाल फर्किन लागेका हुन्।

सन्दीपले समाजिक सञ्जालमार्फत् यसको जानकारी दिएका छन्। सन्दीपले विमानस्थलको फोटो राखेर सामाजिक सञ्जाल इन्टाग्रामको स्टोरीमा राखेका छन्, होम कलिङ।

क्यानले यही फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी२० विश्वकपको ग्लोबल छनोटका लागि सन्दीपको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको छ।

नेपाली सिनियर टोलीले सन्दीपको कप्तानीमा पहिलोपटक खेल्न लागेको हो। नेपाली राष्ट्रिय टोलीले पुस १९ गतेबाट बन्द प्रशिक्षण सुरु गरिसकेको छ। तथापि, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका कारण बीचमा प्रशिक्षण अवरुद्ध भएको थियो।

सुरुमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। क्यानले माघ ६ गते अन्तिम १६ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डिफेन्डिङ च्याम्पियन अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरियो
Next post टि–२० विश्वकप तालिका : गत वर्षका फाइनलिस्ट पहिलो खेलमै भिड्ने
Close