नेपालले विश्वकप खेल्ने कप्तान सन्दीपको दाबी

Read Time:3 Minute

नेपाली राष्ट्रिय टिम अहिले ओमानमा छ। नेपाली टिम विश्वकपको ग्लोबल छनोट खेल्नका ओमान पुगेको छ । ग्लोबल छनोटको समूह एमा रहेको नेपालले फाइनल पुग्दै टि–२० विश्वकप खेल्ने लक्ष्य बनाएको छ।

नेपाली टिमका कप्तान सन्दीप लामिछानले नेपालले विश्वकप खेल्नमा विश्वस्त रहेको बताए । शुक्रबारबाट सुरु हुने ग्लोबल छनोअघि आईसिसीसँगको कुराकानीमा सन्दीपले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेको बताउँदै नेपाल उत्कृष्ट दुई टिमका रूपमा विश्वकप छनोट हुने दाबी गरे।

कुराकानीमा सन्दीपले नेपाली टिममा सिनिय र खेलाडीको समिश्रण भएकाले विश्वकप खेल्ने राम्रो सम्भावना देखेको उल्लेख गरे । उनले भने, ‘सिनियर र युवा खेलाडीको राम्रो मिश्रण भएकाले अरु टिमले नेपाललाई हराउन कठिन छ। हामीले विश्वकपमा छनोट हुने राम्रो सम्भावना देखेका छौं।’

सन्दीपले टी–२० फर्म्याटमा टेस्ट खेल्ने प्रतिद्वन्द्वी वा एसोसिएट टिम जोसँग खेले पनि खासै फरक नपर्ने बताए । उनले कप्तानका रुपमा आफूमा धेरै जिम्मेवारी भएको बताए । ‘एक कप्तानको रूपमा मेरो काँधमा धेरै जिम्मेवारी छ । र म यसलाई यादगार बनाउन चाहन्छु,’ सन्दीपले भने, ‘विश्वकप खेल्ने हाम्रो सपना हो। मलाई लाग्दैन कि युवा कप्तान हुनु कुनै समस्या हो, किनकि मलाई मेरा सिनियरहरूको पूर्ण समर्थन छ। सिनियरलाई सँगै पाएकोमा धन्य छु।’

‘उहाँको नेतृत्वमा खेलाडीहरूले धेरै फाइदा उठाएका छन्। हामी क्वालिफायरका लागि तयार छौं र खेलाडीहरू राष्ट्रको प्रतिनिधित्वन गर्न पाउँदा गर्व महसुस गरिरहेका छन्,’ प्रशिक्षक पुबुदु दासानायकेको प्रसंशा गर्दै सन्दीपले भने। सन् २०१४मा नेपालले पहिलो पटक विश्वकप खेल्दा पुबुदु नै मुख्य प्रशिक्षक थिए।

नेपालले शुक्रबार ओमानसँग खेल्दे विश्वकप छनोटका यात्रा सुरु गर्ने छ। नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा खेल्ने छ भने तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्। यी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा समूह १ नेपालसँगै ओमान, फिलिपिन्स र क्यानडा छन् । समूह २मा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन छन्।

दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने २ टिमले अस्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एट्लेटिकोले गुमायो चौथो स्थानमा उक्लने मौका
Next post मनाङलाई हराउँदै रेलिगेसनबाट जोगिए एपिएफ
Close