
द हन्ड्रेडमा बिकेनन् सन्दीप
दोस्रो संस्करणको ‘द हन्ड्रेड’ लिगको लागि नेपाली लेग स्पिनर तथा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन्। मंगलबार भएको अक्सनमा उनलाई लिन कुनै टोलीले चासो देखाएनन्।
द हन्ड्रेडको ड्राफ्टमा १६ विभिन्न देशका २८४ जना इंग्ल्यान्ड बाहिरका खेलाडीले नाम दर्ता गराएका थिए। यस्तै, २५० जना इंग्ल्यान्डका घरेलु क्रिकेटर पनि ड्राफ्टमा थिए।
सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ६० हजार पाउण्ड अर्थात् ९झण्डै एक करोड नेपाली रूपैयाँ० राखेका थिए। सोही मूल्यमा सन्दीपसँगै शिमरन हेटमायर, एडेन मारक्रम, एन्डीले फेलुक्वायो, ग्लेन फिलिप्स, केन रिचर्डसन, मिचेल स्यान्टनर, ओडेन स्मिथ, विल योंग, एडम जाम्पा पनि थिए।
गत संस्करण सन्दीप ओभल इन्भीन्सीबलबाट द हन्ड्रेड खेल्न छनोट भएका थिए। उनको मूल्य एक लाख पाउण्ड थियो। तर, भिसा समस्याका कारण इंग्ल्यान्ड पुगे पनि त्यहाँबाट नेपाल फर्कनु परेको थियो।