सन्दीप प्रकण : अस्पतालबाट किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन आदेश

Read Time:1 Minute

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

अदालतले क्रिकेटर देव खनाल र किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि पनि बोलाउन आदेश दिएको छ । मंगलबार जाहेरवाला, सरकारी साक्षी र सन्दीप लामिछानेका साक्षीको अदालतले वयान लिएको छ ।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
22 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
11 %
Previous post अनन्तलाई पोखरामा सर्वोत्कृष्ट खेलाडीको सम्मान दिइने
Next post यू–२० महिला साफका लागि प्रारम्भिक टिम छनोट
Close