
सन्दीपका वकिल भन्छन्– क्यानले सन्दीपलाई कप्तान बनाउनु पर्छ
Read Time:1 Minute
अदालतले धरौटीमा छाड्न आदेश दिएका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने उनका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् ।
उच्च अदाल पाटनले बिहीबार सन्दीपलाई धरौटीमा छोड्न आदेश दिएपछि शुक्रबार सन्दीपलाई भेट्न घिमिरे केन्द्रिय कारागार पुगेका थिए।
सन्दीपलाई भेटेर निस्किएपछि उनले सन्दीप राष्ट्रिय टिममा फर्किनसक्ने बताए । उनले भने, ‘थुनाबाट बाहिर निस्किएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता दिनुपर्छ ।’
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएका छन् । अब उनलाई प्रक्रिया पु¥याएर जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइनेछ र तारेख लिएर छुट्ने छन् ।