थुनामुक्त भएपछि सन्दीपले भने– थप बलियो भएर क्रिकेटमा फर्कन्छु

Read Time:1 Minute

नाबालिग बलात्कार आरोपमा थुना रहेका सन्दीप लामिछने २० लाख धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको आदेशपछि सन्दीप शुक्रबार धरौटीमा रिहा भएका हुन्।

रिहा भएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सन्दीपले चाँडै क्रिकेटमा फर्कने बताएका छन्। उनले अब केही समय परिवारसँग बिताउने बताएका छन्। चितवनमा रहेको उनको परिवार अहिले काठमाडौंमै बसिरहेको छ।

सञ्चारकर्मीले सोधेको क्रिकेटमा कहिले फर्कनुहुन्छ भनेर सोधेको प्रश्नमा सन्दीपले भने– ‘छिट्टै क्रिकेट मैदान फर्कन्छु। एकदमै राम्रोसँग फर्कन्छु ।’

अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। क्यनाले सन्दीपको निलम्बर फुकुवाको विषयमा पनि आईसिसी र कानुन व्यवसायीहरुसँग परामर्श थालेको छ।

क्यानले सन्दीपका विषयमा आईससीसँग सुझाव माग्ने र त्यसपछि निर्णय गर्ने बताइएको छ।

Happy
Happy
82 %
Sad
Sad
9 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
9 %
Surprise
Surprise
0 %
Previous post पिएम कप महिला क्रिकेट : सबनमको घातक बलिङमा मधेशमाथि प्रदेश १को जित
Next post एनभिए भलिबल च्याम्पियनसिप : विभागीय टोली सानदार प्रदर्शन, तीनै टिम सेमिफाइनलमा
Close