सन्दीप बने ‘डेनिम एण्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर

10 Jul, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

बिहीबार काठमाडौंको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको ब्राण्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो। उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन्।

ब्रान्ड एम्बेसडरको हस्ताक्षर समारोहमा बोल्दै सन्दीपले कम्पनीको परिवारको सदस्यजस्तै भएको बताए।

‘यो ब्रान्डको सुरुवाती दिनहरुदेखी यहाँसम्म आउदा आफूलाई पनि एकदमै गर्व लाग्छ कि यो ब्रान्डसँग म सुरुदेखि नै थिए। आज यो ब्रान्ड यहाँसम्म पुग्दा आफ्नो परिवारले नै सफलता पाएको महसुस गरेको छु,’ उनले भन ।