बलात्कार मुद्दामा सन्दीप दोषी ठहर

29 Dec, 2023

नाबालिका बलात्का मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीशक शिशिरराज ढकालको इजलाशले सन्दीपलाई दोषी ठहर गरेको हो। सन्दीप दोषी ठहर भएपनि सजाय भने तोकिएको छैन।

गौशाला २६ लाई बालिग ठहर्‍याउँदै अदालतले सन्दीपलाई जबरजस्ती करणीमा दोषी गठह गरेको हो।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय नतोकिएको हो।

न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ। सजाय निर्धारणका लागि पुस २६ गते पेशी तोकिएको छ।