सिपिएल खेल्ने सन्दीप साउन तेस्रो साता ट्रिनिडाड जाने

क्यारेबिन प्रिमियर लिग (सिपिएल)मा खेल्न नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने साउन तेस्रो साता ट्रिनिडाड एन्ड टोबागो जाने भएका छन् ।

प्रतियोगिताका आयोजनाका लागि ट्रिनिडाड एन्ड टोबागो सरकारले अनुमति दिएसँगै सन्दीप साउत तेस्रो साता ट्रिनिडाड जाने भएका हुन् । प्रतियोगितामा सहभागी विदेशी खेलाडीले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले सन्दीन तेस्रो साता नै ट्रिनिडाड जान लागेको बताइएको छ।

सिपिएल आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाडमा हुनेछ। प्रतियोगिताका लागि सन्दीप १ लाख ३० हजार अमेरिकी डलरमा जमैका तलावासमा आबद्ध भएका छन् ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएकाले सन्दीप चार्टर्ड फ्लाइटमार्फत ट्रिनिडाड जाने छन् । ट्रिनिडाड जानुअघि नेपालमै सन्दीपले कोरोना परीक्षण गराउने छन्, र रिपोर्ट नेगेटिभ आएपछि त्यता जाने छन् ।

सन्दीप क्यानडा हुँदै ट्रिनिडा पुग्ने छन् । सन्दीपसँग क्यानडाको भिसा रहेकाले त्यहाँबाट अनअराइभल भिसा लिएर सन्दीप ट्रिनिडाड पुग्ने छन् । त्यहाँ १४ दिन आइसोलेसनमा बसेर दुई पटक कोरोना परीक्षण टेस्ट नेगेटिभ आएपछि मात्र सन्दीपले प्रतियोगितामा सहभागी हुन पाउने छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.