अन्नतः सन्दीपले विश्वकप खेल्ने, पुगे वेस्टइन्डिज

10 Jun, 2024
Share:
117 Shares

अन्ततः क्रिकेटर सन्दिप लामिछाने टि-२० विश्वकप खेल्ने सपना साकार हुने भएको छ। नेपाललाई १० वर्षपछि विश्वपमा पु¥याउन उत्कष्ट भूमिका खेलेपछि अमेरिकाले भीसा नदिँदा सन्दीपले विश्वकप खेल्न पाएका थिएनन्।

सन्दीप विश्वकपका अन्तिम दुई खेल खेल्नका लागि वेस्टइन्डिज पुगेका छन्। सन्दीप दुबईबाट वेस्टइन्डिज गएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन्।

आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ। लामिछानेले प्रतिश जिसीको स्थान लिने छन्। उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन्।

विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन्।

यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ। त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ।

योसँगै सन्दीपले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछन्।