सञ्जुको शतकमा आईपिएलमा चेन्नईको पहिलो जित, लागतार दुई जितपछि दिल्लीको लागतार दोस्रो हार

12 Apr, 2026

सन्जु सामसनको शतक तथा जेमी ओभरटनको ४ विकेट मद्दतमा चेन्नई सुपर किङ्सले जारी सिजनकाे आईपीएलमा पहिलो जित निकालेकाे छ।

शनिबार घरेलु मैदानमा भएको खेलमा चेन्नईले दिल्लीमाथि २३ रनको जित हासिल गरेको हो। चेपकमा चेन्नई लगातार ६ हारपछि पहिलाे जित निकालेकाे हाे।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रनमात्रै बनाउ सक्याे। उसका ट्रिस्टन स्टब्सले सर्वाधिक ६० रन बनाए भने पथुम निसान्काले ४१ रन, आशुतोष शर्माले १९, केएल राहुलले १८ तथा डेभिड मिलरले १७ रन बनाए।

चेन्नईका लागि ओभरटनले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए। याे जारी सिजनकाे उत्कृष्ट स्पेल हाे। यस्तै अंशुल कम्बोजले ३ तथा खलील अहमद, गुर्जपनीत सिंह र नूर अहमदले समान १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेकाे चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रनको योगफल बनाएको थियो। उसका सन्जु सामसनले शतक प्रहार गरे भने आयुष म्हात्रेले अर्धशतक बनाए।

सन्जुले ५६ बलमा १५ चौका र ४ छक्कासहित ११५ रन बनाएर नटआउट रहे। याे सिजनकाे पहिलाे शतक हाे। आयुषले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए। शिवम दुबे २० रनमा नटआउट रहे ।

दिल्लीका लागि एक मात्र विकेट कप्तान अक्षर पटेलले १ विकेट लिए।

योसँगै ४ खेलमा पहिलो जित निकालेको चेन्नई २ अंक जोड्दै १०औंबाट नवौं स्थानमा उक्लिएको छ। ४ खेल खेल्दा लगातार दोस्रो हार बेहोरेको दिल्ली ४ अंकका साथ चौथो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]