सूर्यकुमार यादव बने आईपीएल सर्वोत्कृष्ट खेलाडी, साइ सुदर्शन युवा खेलाडी

4 Jun, 2025
Share:
117 Shares

मुम्बई इन्डियन्सका स्टार ब्याट्सम्यान सूर्यकुमार यादव आईपिएलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

सूर्यकुमारले यो सिजन १६ खेलमा ७१७ रन बनाए, जुन औसत ६५ र स्ट्राइक रेट १६८ रहेको थियो। उनले ५ अर्धशतक प्रहार गरे र ६९ चौका र ३८ छक्का हाने। मुम्बईलाई प्लेअफमा पुर्‍याउन उनको प्रदर्शन निर्णायक रह्यो, यद्यपि टोली क्वालिफायर २ मा पञ्जाबसँग हारेर फाइनलमा पुग्न सकेन।

सूर्यकुमारले ३२०.५ एमभीपी अंक प्राप्त गरेका थिए। उनले यो सिजनमा गैरओपनरको रूपमा सबैभन्दा धेरै रन बनाउने एबी डिभिलियर्सको रेकर्ड पनि तोडेका छन्।

यता, गुजरात टाइटन्सका युवा ब्याट्सम्यान साइ सुदर्शनले यो सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको अवार्ड हात पारेका छन्।

सुदर्शनले १५ खेलमा ७५९ रन बनाएर यो सिजनको सर्वाधिक रन बनाउँदै ओरेन्ज क्याप पनि जिते। उनले १ शतक र ६ अर्धशतक प्रहार गरेका उनको औसत ५४.२१ रह्यो।

२३ वर्ष २३१ दिनका उनी सबैभन्दा कम उमेरमा ओरन्ज क्याप जित्ने खेलाडी पनि बने। उनले प्रियान्श आर्य र नूर अहमदजस्ता खेलाडीहरूलाई पछि पार्दै यो सम्मान प्राप्त गरे।

यस्तै, गुजराजतकै प्रसिद्ध कृष्णा सर्वाधिक विकेट लिने खेलाडी बन्दै पर्पल क्याप जिते । उनले प्रतियोगितामा कुल २५ विकेट लिए। २४ विकेट लिएकार नुर अहमद दोस्रो स्थानमा रहे।