नेदरल्यान्ड्सकाे हारपछि पनि दबाबमा छैनौं, जति दबाब थियो त्यो विश्वकप छनोटमा थियो : सोमपाल

5 Jun, 2024
Share:
117 Shares

दशकपछि विश्वकप खेलेको नेपाली क्रिकेट टिमले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। खराब ब्याटिङ गरेपछि नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो।

समर्थकको ठूलो साथ पाएपछि नेपाली टिमले समर्थकलाई खुसी दिन सकेन। डालासस्थित ग्रान्ड पेरी रंगशालामा समर्थकको भीड देख्दा त्रिवी मैदानको झल्को दिएको थियो। ग्रान्ड पेरी रंगशाला नेपाली समर्थकले भरिभराउ थियो।

दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन्। खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै बाँकी खेलमा राम्रा् गर्ने बताए।

‘यो हारबाट दबाबमा छैनौं। जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो। यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं,’ सोमपालले भने, ‘सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं। आज हार व्यहोर्‍यौं। तर आगामी तीन खेलमा राम्रो गर्नेछौं।’

अनुभवी म्याक्स ओ’डावडको अर्धशतकमा नेदरल्यान्ड्सले मंगलबार नेपाललाई ६ विकेटले पराजित गर्‍यो । डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बलअगाडि १ सय ९ रन बनाएर पूरा गरेको थियो ।