नेपाली स्टार बलर सोमपाल कामी एसिया कप क्रिकेटमा मेडल ओभर गर्ने पहिलो नेपाली बलर बनेका छन्।
पाकिस्तानविरुद्ध मुल्तानमा एसिया कपमा डेब्यू गरेको नेपालका लागि सोमपालले आफ्नो दोस्रो ओभर मेडन गरेका हुन्।
मुल्तानमा टस जितेर पाकिस्तानले ब्याटिङ रोजेपछि फिल्डिङमा आएको नेपालका लागि सोमपालले ओपनिङ गरेका थिए। पहिलो ओभरमा २ चौकासहित ९ रन दिएका सोपालको दोस्रो ओभरमा फखर जमानले कुनै रन बनाउन सकेनन्।
नेपाल र पाकिस्तान पहिलो पटक सिनियर लेभलमा भिडेका हुन्। पाकिस्तान एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ भने नेपाल १५औं स्थानमा छ।