सोमपालको घातक बलिङमा नेपालको लातगार दोस्रो जित, रेनिगेट्स ३३ रनले पराजित

20 Aug, 2025
Share:
117 Shares

अस्ट्रेलियामा जारी टप इन्ट टि–२० सिरिजमा नेपालले लागतार दोस्रो जित निकालेको छ। डर्विनमा बुधबार भएको खेलमा सामपाल कामीले घातक बलिङ गरेपछि नेपालले मेलबर्न रेनिगेट्सविरुद्ध १४० रनको झिनो लक्ष्य डिफेन्ड गर्दै ३३ रनको जित निकालेको हो।

यसअघि लगातार तीन खेल हारेको नेपालले मंगलबार होबर्ट होरिकेन्सलाई ६६ रनले हराएको थियो।

सोमपालल ४ ओभरमा १७ रन मात्र खर्चेर ५ विकेट लिएपछ नेपालले रेनिगेट्सलाई १०६ रनमा अलआउट गरेको छ। उसका लािग अर्जुन नायरले सर्वाधिक २६ रन बनाउँदा जय लेमिरेले १८, ह्यारी डिक्सनले १६ र ओली पिकले १४ रन बनाए।

नेपालका सोमपाल कामीका अलावा कुशल भुर्तेलले २ तथा साहक आलम र रुपेश सिंहले समान १ विकेट लिए। विकेट नलिए पनि कप्तान दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले पनि किफायति बलिङ गरेका थिए।

त्यसअघि टस जितेर र पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउने सक्यो। नेपालका लागि कशुल मल्ले सर्वाधिक २९ रन बनउाँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ र रुपेश सिंहले १६ रन बनाए।

बलिङमा रेनिगेट्सका फर्गुस ओनिल, कालुम स्टोअ, लचलन बान्गस र मिचेल आर्चरले समान २ विकेट लिए।

अब नेपालले अन्तिम खेलमा पाकिस्तान साहिन्सासँग खेल्ने छ।