दक्षिण अफ्रिकाकाकाे टि-२० विश्वकप टिम परिवर्तन : जोर्जी र फेरेइरा आउट, रिकल्टन र स्टब्स इन

23 Jan, 2026
Share:
117 Shares

चोटका कारण दक्षिण अफ्रिकाका ब्याटर टोनी डे जोर्जी र डोनोभन फेरेइरा आगामी आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएका छन्।

यसअघि घोषित दक्षिण अफ्रिकी टोलीमा परेका डे जोर्जी र फेरेइरा अब वेस्ट इन्डिजसँगको टी-२० शृंखलादेखि विश्वकपसम्मै गुमाउने भएको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ ।

डे जोर्जी भारतविरुद्धको एकदिवसीय सिरिजका क्रममा लागेको दायाँ ह्यामस्ट्रिङ चोटबाट अझै पूर्ण रूपमा निको नभएकाले सिरिज र टी–२० विश्वकप दुवै गुमाउने भएका छन्।

फेरेइरा भने एसए टी-२० अन्तर्गत जनवरी १७ मा जोहानेसबर्ग सुपर किङ्स र प्रिटोरिया क्यापिटल्सबीचको खेलमा बाँया कन्धाको हड्डी (क्लाभिकल) भाँचिएपछि टोलीबाट बाहिरिएका हुन्।

उनीहरूको स्थानमा रायन रिकल्टन र ट्रिस्टन स्टब्सलाई विश्वकप खेल्ने १५ सदस्यीय टोलीमा समावेश गरिएको छ।

यसैबीच, डेभिड मिलर पनि पार्ल रोयल्सबाट खेल्ने क्रममा एडडक्टर मांसपेशीमा चोट लागेपछि वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज खेल्ने छैनन्।

उनको टी–२० विश्वकप खेल्ने वा नखेल्ने निर्णय फिटनेस परीक्षणपछि मात्र हुनेछ। मिलरको स्थानमा रुबिन हर्मानलाई वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि टोलीमा राखिएको छ।