अस्ट्रेलियन पूर्वक्रिकेटर स्टुवार्ट ल बने नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक

29 Mar, 2025
Share:
117 Shares

अस्ट्रेलियन पूर्वक्रिकेटर स्टुवार्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमको शिक्षकमा नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबार भैरहवामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। सर्ट लिस्टमा रहेका १० जना प्रतिस्पर्धीबाट क्यालने ललाई मुख्य प्रशिक्षक बनाएको हो।

अस्ट्रेलियाबाट १ टेस्ट र ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेसकेका स्टुवार्टले अब दुई वर्ष नेपाली टिमलाई सम्हाल्ने छन्।

५६ वर्षे स्टुवार्टसँग प्रशिक्षणको लामो अनुभव छ । उनी गत वर्ष अमेरिकामा भएको टि–२० विश्वकपमा अमेरिकाको प्रशिक्षक थिए। अमेरिका दोस्रो चरण पुगेको थियो।

सन् २००९ मा उनी श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए भने २०११–१२ मा बंगलादेशको मुख्य प्रशिक्षक भए।

२०१८ देखि उनी वेस्ट इन्डिजको मुख्य प्रशिक्षक भएका थिए । एउटा शृंखलाका लागि उनी २०२२ मा अफगानिस्तानको पनि प्रशिक्षक बने।

यस्तै, क्यनले भारतका मनीष झालाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त गरिएको छ। झा मेमा हुने विश्वकप एसिया छनोटसम्म नेपाली महिला टोलीसँग रहनेछन्।