
सूर्य तामाङ बने इमर्जिङ प्लेयर
Read Time:1 Minute
युवा स्पिनर सूर्य तामाङ नेपाल टि–२० लिगको इमर्जिङ प्लेयर बने । विराटनगर सुपर किंग्सालाई उपविजेता बनाउने क्रममा २१ वर्षीय सूर्यले जादुयी प्रदर्शन गरे।
प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी बनेसँगै सूर्यले १ लाख ८० हजार रुपैयाँ प्राप्त गरे।
लेफ्ट आर्म स्पिनर सूर्यले प्रतियोगितामा ८ खेल मात्र खेल्ने अवसर पाए । ती आठ खेलमा सूर्यले कुल १२ विकेट लिए। ४.३५ को इकोनोमिमा बलिङ गरेका उनी प्रतियोगिकै किफायति बलर हुन्।
८ म्याचमा ११६ बल फ्याँकेका उनको उत्कृष्ट स्पेल १४ रन खर्चेर ४ विकेट लिनु थियो।
यही प्रदर्शनलाई २१ वर्षीयले नेपालको यू–१९ टिमबाट खेलिसकेका छन्। यही प्रदर्शनलाई निरन्तरता दिए उनी चाँडै राष्ट्रिय टिममा पर्नेमा दुईमत छैन।