सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

टि–२० सिरिजमा पाकिस्तानविरुद्ध न्युजिल्यानडको लगातार चौथो जित

sfo{qmdnfO{ ;Daf]wg ub}{ s[lifdGqL e’;fn dnËjf, % df3 M ;nf{xLsf] xl/jgl:yt ;’lt{ ljsf; d}bfgdf cfof]lht bf];|f] 8]/L, s[lif cg’;Gwfg, pTkfbg tyf s[lif cf}hf/ k|bz{gL sfo{qmdnfO{ ;Daf]wg ub}{ s[lif tyf kz’kG5L ljsf;dGqL a]b’/fd e’;fn . tl:j/ M ljZjgfy 7fs’/÷/f;;

पाकिस्तानविरुद्धको पाँच खेलको टी–२० सिरिजमा न्युजिल्याण्डले ४–० को अग्रता बनाएको छ। शुक्रबार क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो।

पाकिस्तानले दिएको १५९ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

माथिल्लो क्रमलाई सस्तैमा गुमाएपछि दबाबमा आएका न्युजिल्यान्डलाई जित दिलाउन ड्यारिल मिचेल र ग्लेन फिलिप्सले अर्धशतकीय योगदान दिए।

मिचेलले ४४ बलमा ७ चौका र दुई छक्का प्रहार गर्दै नट आउट ७२ रन बनाए भने फिलिप्सले ५२ बलमा ५ चौका र तीन छक्का सहित नटआउट ७० रन बनाए।

न्युजिल्याण्डले गुमाएका तीन वटै विकेट कप्तान शाहिन अफ्रिदीको नाउँमा रह्यो ।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङ मद्दतमा ५ विकेटको क्षतिमा १५८ रन बनाए। रिजवानले ६३ बलमा ६ चौका र २ छक्का मद्दतमा ९० रन बनाए। यस्तै, मोहम्मद नवानले २१ र बाबर अजामले १९ रन बनाए।

बलिङमा न्युजिल्यान्डका म्यानट हेनरी र लोकेइ फर्गुसनले समान २ विकेट लिए।

1.3Kशेयर