आईसिसी टि–२० महिला विश्वकपको एसिया क्षेत्र छनोटको उपाधि युएईले जितेको छ।
शनिबार बिहान मलेसियामा भएको फाइलनमा थाइल्यान्डलाई ६ रनले हराउँदै युएईले उपाधि जितेको छ। उपाधि जितेको छ।
युएईले दिएको ७१ रन लक्ष्य पछ्याएको थाइल्यान्ड १७.५ ओभरमा ६४ रनमै अलआउट भयो। उसका लागि नट्थाकन चान्थमले सर्वाधिक सर्वाधिक २२ रन बनाइन् भने नान्नापाट खोंचारोएनकाइले १२ रनमा बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनाउने सकेनन्।
थाइल्यान्डलाई सस्तैमा समेट्ने क्रममा युएईकी काविसाकुमारी एगोडागेले २.५ ओभरमा ७ रन खर्चेर ३ विकेट लिइन् भन् वैष्णव महेशले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन्।
बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनायो। उसका थीर्थ सतिशले सर्वाधिक २३ रन बनाउँदा रिनिथा रजिथा १० रन बनाइन्।
थाइल्यान्डकी ओनिचा खम्चोम्पुले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन्। नट्य बुचथमले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् ।
युएई विजेता र थाइल्यान्ड उपविजेताको टि–२० विश्वकपको ग्लोबल छनोटमा पुगेका छन्।