छैठौं पटक अस्ट्रेलियाले जित्यो टि–२० महिला विश्वकप उपाधि

Read Time:2 Minute

आईसीसी टि–२० महिला विश्वकपको उपाधिमा अस्ट्रेलियाले जितेृको छ। दक्षिण अफ्रिकाको केप टाउनमा घरेलु टोलीलाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो।

साबिक विजेतासमेत रहेको अष्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ४८ बलमा ६१ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरिन्। चलोइ ट्रायोनले २५ तथा मरिजानी कप्पाले ११ रन बनाइन्। अष्ट्रेलियाका लागि जीस जोनासेन,ड्रासिक ब्राउन,मिगान स्कुट र एशले गार्डनिरले समान १(१ विकेट लिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाइन् । एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाईन् ।

दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २र२ विकेट लिईन्।

सन् २००९ देखि सुरु भएको विश्वकपको आठ संस्करण समाप्त हुँदा अस्ट्रेलियाले ६ संस्करणको उपाधि जितेको छ।

पहिलो संस्करणबाहेक सबै संस्करणको फाइनल खेलेको अस्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ को उपाधि जित्दै ह्याट्रिक गरेको थियो।

यस्तै सन् २०१६ को विश्वकपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको अस्ट्रेलियाले त्यसपछि भने सन् २०१८, २०२० र अहिले २०२३ को उपाधि जित्दै विश्वकपमा दोस्रोपटक ह्याट्रिक गरेको हो।

महिला विश्वकपका दक्षिण अफ्रिका भने पहिलोपटक फाइनलमा पुगेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एपिएफलाई हराउँदै मछिन्द्र भद्रपुर झापा गोल्डकपको फाइनलमा
Next post विश्वकप लिग–२मा पपुवा न्युगिनीसँग खेल्दै नेपाल
Close